सुधार गृहका नाममा लुटलाई छुट, यातना पाएको गुनासो गर्दा मात्रै छापा मार्ने कि नियमित अनुगमनबाट सुधार ?
काठमाडौँ–बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई चरम यातना दिने गरेको रहश्य बाहिरिएको छ । सुधार गृहको निरन्तरको यातना सहन नसकेका दुई महिला प्रहरीको शरणमा पुगेपछि सुधार गृहका नाममा बढ्दै गरेको यातना र लुटभन्दा बाहिरिएको हो ।
प्रहरीले बिहिबार साँभल अवैध रुपमा सञ्चालित सुधार केन्द्रमा छापा मारेपछि सञ्चालक नै आफन्तसँग मोटो रकम असुलेर आश्रितहरुमाथी यातना दिने काममा संलग्न गरेको प्रष्ट भएको छ । यातना सहन नसकेर भागेका दुई महिला बुधबार प्रहरीको शरणमा पुगेपनि प्रहरीले बिहिबार मात्रै छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार यातनाबाट ९ महिलाको मानसिक सन्तुलन नै गुमेको पाइएको छ । सुधार गर्ने भन्दै राखिएका परिवारका सदस्यबाट पैसा असुली गरेर यातना दिने तथा दुब्र्यवहार गर्ने गरेको पुष्टि भएपछि अहिले सुधार केन्द्र बन्द गराइएको छ ।
यसअघि पनि सुकेधारास्थित ट्रन्सफरमेशन नेपाल नामक सुधारगृहको यातनाको यस्तै कर्तुत न्यूज ट्वान्टिफोरको कार्यक्रम सिधा कुरा जनतासँगबाट बाहिर आएपछि प्रहरीले छापा मारेर बन्द गराएको थियो । काठमाडौंकै विभिन्न सुधार गृहहरु इातना र दुब्र्यबहार दिने काममा सक्रिय भएका घटना बाहिरिए पनि प्रहरीले नियमन र कारबाहीमा सक्रियता बढाएको थिएन्, अब भने प्रहरीले सुधार गृहका नाममा मौलाएको लुट र दुब्यवहारलाई छुट नदिने बताएको छ ।
क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्