Techie IT
Mission Khabar

सञ्चारकर्मीको जन्मदिन, फैलियो तरंग


काठमाडौं–सञ्चारकर्मी सचिता बुढाथोकीले शनिबार फेसबुक मार्फत एउटा स्ट्याटस पोस्ट गरिन् । जहाँ लेखिएको यस्तो थियो–“आदरणिय दाजुहरू शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधी, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का लगायत पत्रकार साथीहरुसँग जन्म दिन मनाउँदाको फोटो धन्यवाद आज के दिनलाई विशेष बनाइदिनु भएकोमा ।”

जन्मदिनको फोटोहरु

यो जन्मदिनको उत्सब संयोग हो वा औपचारिक आयोजना, यसको बारे सहभागीहरु नै जानकार होलान् । तर पार्टी भित्रको आन्तरिक किचलो, महासमिति सदस्य र कार्यकर्ताको मन बुझाएर खुसी पार्न नसक्ने कांग्रेस शिर्ष नेताहरुको यो जमघटलाई भने धेरैले मजाकमा उडाइरहेका छन् । चिया पसल तथा चौतारा तिर तपाईको जन्मदिन मनाउनु छ कांग्रेस नेताहरुले मनाइदिन्छन भन्दै ब्यंग्य पनि गर्न थालिएको छ ।

यो पोस्टमाथी आएका केही कमेन्ट–“सत्ता धारी लाई खबर गर्नु भयन र ?

कि प्रतिपक्षी नै उपयुक्त लाग्यो जे भयपनी जन्मदिनको हार्दिक शुभकामना ।”

–“दाजुहरु कि हजुरबाहरु हो, जन्मदिनको शुभकामना । ”

–“ए दाजु नै पो !”

 

यी कमेन्ट र बहशबाट के बुझ्ने सचिताको जन्मदिन धेरैका डाहा बनेको हो वा कांग्रेसी नेताहरु आन्तरिक व्यवस्थापन सकेर फुर्सदिला बनेका हुन ? बहस जेसुकै होस्, हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना । 


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्