Techie IT
Mission Khabar

हिटरको जोखिम : कलंकीमा इन्जिनियर दम्पतीको गयो ज्यान, डेढ बर्षका छोरा उपचाररत


काठमाडौं– जाडोबाट जोगिन भन्दै हिटर ताप्दै हुनुहुन्छ ? होसियार बन्नुहोस् । हिटरले न्यायो मार्फत जति आनन्द दिन्छ, सावधानी अपनाउन सकिएन भने ज्यानै पनि लिनसक्छ । सामान्य सावधान नअपनाउदा काठमाडौंमा यही हिटरले इन्जिनियर दम्पत्तिको ज्यान लिएको छ ।

जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाए । उनीहरु दुबै जना गत ७ गते शनिबार हिटरबाट सल्केको आगोमा परेर गम्भीर घाइते भएका थिए । उनीहरुको डेढ वर्षको छोरा भने खतरामुक्त अवस्थामा मेडिसिटी अस्पतालमा उपचाररत छन् । दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएका कारण आगोलागीको कारण खुलेको छैन । तर हिटरको ग्यास लिक भएर आगलागी भएको आशंका गरिएको छ । आगो कोठा बाहिर फैलिन पाएको छैन । कोठाभित्रैको ओछ्यान पनि केही भएको छैन झ्यालको शिशा पनि फुटाइएको छ । तर, ग्रिल भएकाले त्यहाँबाट निस्किन सम्भव नभएको देखिन्छ । यता ढोकामा हिटर र आगोलागी भएकाले चुक्कुल खोलेर निश्किन सहज भएन् ।

अझ, उनीहरुले चिच्याएर गुहार मागेको छरछिमेकीले सुनेर पनि मतलब गरेनन् । निकै बेरपछि घरवेटीले प्रहरीलाई फोन गरेर बोलाएका थिए । प्रहरी आएर ढोका खोल्दा तीनै जना बेहोस अवस्थामा थिए । अप्सराले बच्चालाई कभर गरेकी थिइन् भने पुष्करले अप्सरालाई कभर गरेका थिए । दुवै हातले आगोको लप्का छेकेर श्रीमती र छोरालाई बचाउन खोजेको अवस्था पाइएको घटनास्थलमा खटिएका प्रहरी बताउँछन् । प्रहरी आएर उद्धार गरेपनि तीनै जनालाई नजिकै रहेको सहिद मेमोरियल अस्पताल त पुर्याइयो तर राम्रो उपचार भएन । आगोमा जलेका बिरामीलाई तत्काल स्लाइन दिनुपर्नेमा अस्पतालले दुई घन्टासम्म राख्दा स्लाइन दिएन र दुवै बिरामीको अवस्था जटिल भएपछि किर्तिपुर अस्पताल रिफर गरिदिएको थियो ।

किर्तिपुरमा पुष्कर र अप्सरालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएपनि होसमा आउन सकेनन् । दुवै हात काम नलाग्ने भएर काटिएपनि बचाउने सबै प्रयास विफल भए । उनीहरुलाई एयर एम्बुलेन्समा राखेर भारत लैजाने तयारी पनि भयो, तर सम्झव भएन् । अन्ततः ११ गते राति पुष्करको र १६ गते उनकी श्रीमती अप्सराको निधन भयो । कलंकीमा फ्लायाट भाडामा लिएर बस्ने ईन्जिजियर दम्तीको ज्यान लिटरमा सावधानी नपुग्दा गएको छ ।

डेढ बर्षका छोरा खतरामुक्त अवस्थामा उपचाररत छन् । सानो होस् वा ठूलो जोखिमयुक्त सर सामान प्रयोग गर्दा सावधानिमा अति नै संवेदनशिल बन्नुपर्छ । सुविधाको जोखिमभार घटाउनेतर्फ ध्यान दिनुपर्छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्