Techie IT
Mission Khabar

तापमान घटेसँगै देशभर जनजिवन प्रभावित, काठमाडौंको न्यूनतम तापक्रम माइनसमा जानसक्ने आँकलन


काठमाडौँ–काठमाडौँ उपत्यकाको तापक्रम सोमबार साँझबाट शून्य डिग्रीमा झरेको छ । तापक्रम यो बर्षकै न्यून बिन्दुमा पुगेसँगै चिसो पनि बढेको छ ।

काठमाडौं उपत्यका मात्रै होइन देशभर चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । ० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम केहीदिनमा माइनससम्म पुग्नसक्ने मौषमविद्हरुको अनुमान छ । मा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस मापन गरिएको थियो ।

अब केही दिन काठमाडौँको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने तथा निरन्तर घटेमा माइनसमै झर्नसक्ने पूर्वनुमान महाशाखाले जनाएको छ । योसँगै देशको उच्च पहाडी र हिमाली भेगमा हिमपातसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्