मदिराको नसामा होहल्ला गर्दै अंग्रेजी नयाँबर्ष मनाउने ६० युवायुवती प्रहरीको फन्दामा, जिम्मा लगाउन अभिभावक बोलाउँदै प्रहरी

काठमाडौँ – अंग्रेजी नयाँ वर्षको स्वागतका लागि भन्दै आयोजित समारोहमा मदिरा सेवन गरेर होहल्ला गर्ने ६० जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रबाट ४ महिलासहित ६० जनालाई मदिराले लठ्ठिएर होहल्ला गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
मदिरा सेवन गरेर अमर्यादित ब्यवहार देखाउनेहरुलाई नियन्त्रणमा लिएको प्रहरीले उनीहरुका अभिभावकलाई बोलाएर जिम्मा लगाउने जानकारी दिएको छ । क्रिसमश, नयाँ बर्ष, होली लगायतका चाड अनि पर्वमा मादक पदार्थ सेवन गर्दा मात्रै रमाइलो हुन्छ भन्ने युवा सोचले पछिल्लो समय आयोजना हुने पाटी तथा समारोहमा हुलदंगा, अर्मयादीत व्यवहार बढ्न थालेको छ ।
यसलाई नियन्त्रणमा ल्याउन बेलामौकाको प्रहरी धरपकट मात्रै पर्याप्त हुदैन । अभिभावक स्वयम पनि आफ्ना बालबच्चाको रेखदेखमा जिम्मेवार बन्नुपर्छ । अनि युवाहरु स्वयम पनि लहडमा होइन्, ठिक बेठिक लेखाजोखा गर्नेतर्फ लाग्नुपर्छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्