Techie IT
Mission Khabar

बिशेषमा ५७ करोड बैंकिङ ठगीको मुद्धा, उच्च अदालतबाट ४ लाख धरौटीमा छोड्न आदेश


काठमाडौं– ५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपीलाई अदालतले सामान्य धरौटीमा छाड्ने आदेश दिएपछि पाँचै जना रिहा भएका छन् । तत्कालीन किष्ट बैंकका कर्मचारी तथा ऋणाीहरु उच्च अदालत पाटनको आदेशले न्यूनतम धरौटीमा छुटेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका तत्कालीन कर्मचारी बाल नरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोद कुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । घर्तीविरुद्ध ५७ करोड ४४ लाख ८ हजार ४ सय ४८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएकोका अदालतले चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अन्य अभियुक्तहरु पनि सामान्य धरौटीमा रिहा भएका छन् । यसले अख्तियारको अनुसन्धान कमजोर हो वा अदालतको फैशला भन्ने अन्यौल पैदा गरिदिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्