मापसे अभियानबाट ४ सय २३ चालकको लाइसेन्स खारेज, झण्डै पौने दुई लाख लाइसेन्समा प्वाल
काठमाडौँ–पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४ सय २३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक-पटक मापसे सेवन गरेर सवारीसाधन नचलाउन गरेको आग्रहलाई अधिकांशले वेवास्ता गरेपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो ।
विसं २०६८ मङ्सिर १७ देखि सुरु भएको मापसे जाँच अभियानमा परेर ४ सय २३ चालकको लाइसेन्स खारेज भएको छ भने १ लाख ७८ हजार १ सय ९८ वटा लाइसेन्समा प्वाल पारिएको छ । आर्थिक वर्ष २०७०\७१ मा ५२, आ.व. २०७१\७२ मा १ सय २२, २०७२\७३ मा १ सय ३३, २०७३\७४ मा ४१, २०७४\७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेजीमा परेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार २०६९ मङ्सिर २२ गतेदेखी मापसे गरेर सवारिसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको थियो । पहिलोपटक १ लाख ३७ हजार ९ सय ५२, दोस्रो पटक २६ हजार ७ सय २७, तेस्रो पटक ८ हजार ८ सय ४०, चौथो पटक ३ हजार १ सय २३ र पाँचौ पटक १ हजार १ सय ३३ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाको रेकर्ड छ ।
कारबाहीलाई तिब्र बनाएपछि मापसे गरेर सवारीसाधन चलाउनेहरुको सख्या भने घट्दो क्रममा देखिएको छ । दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि गरिएको व्यवस्थाले निरन्तरता पाउने महाशाखा बताउँछ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्