Techie IT
Mission Khabar

काठमाडौंका सडकमा रहेका बृद्धबृद्धालाई बृद्धाश्रम लगिने, माग्न प्रतिबन्ध


काठमाडौं– काठमाडौंका सडक पेटीमा सुत्ने र माग्नेहरुको संख्या बढ्दैगर्दा सरकारले ब्यवस्थापन गर्ने भएको छ । काठमाडौंको सडकपेटीमा बढ्दै गएका बेबारिसे बृद्धबृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने योजना बनाएको हो ।

योजना अनुसार अब प्रहरी मार्फत बेबारिसे बृद्धाबृद्धालाई बृद्धाश्रम पुर्याइने छ भने भिख माग्नेलाई कारबाही गरिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरेर सडकमा बढ्दै गरेको माग्ने प्रथा रोक्ने सरकारी तयारी छ । कतिपयले भने अरुको दयामा बाच्दैआएकालाई कारबाही भन्दा पनि ब्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताइरहेका छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्