कानुन मिच्दै सरकारी कर्मचारी, चोरीका गाडीमा एउटै नम्बर प्लेट राखेर दुरुपयोग

बारा– बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले चोरीका तीनवटा गाडीलाई एउटै नम्बर प्लेट राखेर चलाइरहेको पाइएको छ । कानुन विपरित यसरी नम्बर प्लेट राखेर सरकारी कर्मचारीले नै कानुनको धज्जि उडाएको कसैले देखेनन वा देखेर पनि बेमतलबी बने ?
अहिले गम्भिर प्रश्न उब्जिएको छ । एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद भयो । यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि दुरुपयोग गरे । कार्यालय प्रमुख राजनकुमार बिसीकै निर्देशनमा सिमराको एक आर्ट्स हाउसमा एकसाताअघि दुवै गाडीमा नम्बरप्लेट राखिएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए । राजश्वका कर्मचारीले एउटै नम्बर प्रयोग गरेर चढ्ने गरेका तीनवटा कारमध्ये एउटा गत भदौ १३ गते प्रहरीबाटै बरामद भएको थियो । युपी १३ बीबी ७२६० नम्बरको सुकुकी ब्रिजा कार राजस्वले अनुसन्धानका लागि नियन्त्रणमा लिएकोमा अहिले लिलामी नगरेर एउटै नम्बर प्लेटमा दुरुपयोग गरिएको छ ।
फरक–फरक नम्बर प्रयोग गरि राजश्व कार्यालयका कर्मचारीले चढ्ने गरेको सुविधाजनक सुजुकी व्रिजा र सुजुकी इरिट्जा कार भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीका लागि पठाउने तयारी भएको छ । एउटै नम्बर प्लेटमा देखिएका गाडीको पाँच घन्टापछि भने बा १२ च ६७९० नम्बरप्लेट परिवर्तन गरेर ना २ च ९५१० नम्बर बनाइएको थियो । यातायात व्यवस्था कार्यालय वीरगन्जको रेकर्डमा ना २ च ९५१० नम्बरमा ‘महिन्द्रा कम्पनीको डबल क्याप पिकअप’ गाडी दर्ता छ । कार्यालय प्रमुख बिसी भने आफूलाई थाहा नभएको भन्दै पन्छिरहेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्