Techie IT
Mission Khabar

चिकित्सा शिक्षा विधेयक अन्तिम चरणमा, डा.केसीका सबै माग समेटिएको दाबी


काठमाडौं–संसद्को स्वास्थ्य शिक्षा समिति अन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेर समितिलाई बुझाउने तयारी गरेको छ । बिहिबार सहमति जुटाएर समितिलाई प्रतिवेदन बुझाउने उपसमितिको तयारी छ ।

डा. गोविन्द केसीले उठान गरेका सम्पूर्ण विषय प्रतिवेदनले समेटेको र केही भाषगत समस्या मिलाउन मात्रै बाँकी रहेको उपसमिति बताउँछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्झौताको आधारमा नै अगाडि बढ्ने धारणा पटक–पटक व्यक्त गर्दै आएका छन् । काठमाडौं बाहिर मेडिकल कलेज खोल्नका लागि विधेयकले बाटो खुल्ला गर्ने, सिटिइभिटिका कार्यक्रमहरू हटाउने नभई पाँच वर्षभित्र स्तरवृद्धि गर्ने विषय समेटिएका छन् ।

अझ, मेडिकल कलेजलाई गैरनाफामुलक रुपमा लैजान सैद्धान्तिक सहमति गरेको उपसमितिले १० बर्षपछि सबै मेडिकल कलेजलाई गैरनाफामुलक बनाउने बिधेयकमा समाबेश गर्न लागेको छ । सङ्घीय शिक्षा नीतिले बाँकी बिषय समेट्ने गरि विधेयक तयार भएको बताइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्