Techie IT
Mission Khabar

स्टाफ नर्सको आकर्षणले बेरोजगारी दर बढ्यो, ४८ हजार बढी नर्सले पाएनन काम


काठमाडौं– प्राविधिक बिषयको अध्ययन गर्नेहरु नेपालमा पनि पछिल्लो समय बढिरहेका छन् । यसमा पनि स्टाफ नर्स पढ्ने महिलाहरुको संख्या निक्कै धेरै छ ।

संख्यात्मक रुपमा बढेको यो पढाइले देशमा बेरोजगार नर्सहरुको संख्या अत्यधिक बनाएको छ । अहिले देशमा रहेका ६६ प्रतिशत नर्स बेरोजगार छन्, भन्दा जो कोहीलाई पत्याउन गाह्रो पर्ला तर यस्तै देखिएको छ । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार ८ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाइरहेका छन् ।

काउन्सिलसँग ७ हजार नर्स रोजगारीका लागि विदेशिएका रेकर्ड छ भने दर्ता भएका ५ हजार नर्सको मृत्यु भइसकेको छ । बाँकी ४८ हजार ८ सय ६ नर्स स्वदेशमै बेरोजगार छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्