वाइडबडी अनियमितता बारे अनुसन्धान गर्न सरकारबाट जाँचबुझ आयोग गठन, ४५ दिनमा प्रतिवेदन बुझाउने कार्यादेश
काठमाडौं–नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले उच्च अदालत पाटनका पूर्वमुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा आयोगका सदस्य रहेका छन् । जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम जाँचबुझ आयोग गठन गरिएको बताइएको छ । नेपाल एयरलाइन्सद्वारा खरिद गरिएका दुईवटा वाइड बडी विमान ३३०–२०० का सम्बन्धमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
विमान खरिदबारे संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पर्यटनमन्त्री, सचिव र निगमका महाप्रवन्धक, दुई पूर्वमन्त्री सहित ४१ जनालाई दोषी करार गरेर प्रतिवेदन तयार पारेको २४ घण्टा नपुग्दै सरकारले जाँचबुझ आयोग गठन गरेको हो ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्