Techie IT
Mission Khabar

शसस्त्रका पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर, नौ महीना कैद र ७९ लाख बिगो जरिवानाको फैसला


काठमाडौँ– विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचारी ठहर गर्दै नौ महीना कैद र ७९ लाख ८७ हजार २२५ बिगो जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहिबार भट्टराईलाई दोषी ठहर गर्दै फैसला गरेको हो ।

भट्टराईले पदमा हुँदा कमाएको मध्ये एक करोड २१ लाख ४९ हजार ६ सय ५६ बराबर सम्पत्तिको स्रोत नखुलेको फैशलामा उल्लेख गरिएको छ । अदालतले भट्टराईको कूल सम्पत्ति तीन करोड १७ लाख ६७ हजारमध्ये एक करोड २६ लाख ३० हजार २ सय ४९ लाई भने स्रोत खुलेको सम्पत्तिका रुपमा बैधानिकता दिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ९१ लाख ९६ हजार ३६ हजार ८ सय ८१ बराबरको अकुत सम्पत्ति रहेको दाबी गर्दै २०७३ मङ्सिर ८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पथलैया लगायतका केही स्थानमा भट्टराईले तस्करसँग साँठगाँठ गरेको आरोप लाग्दैआएपनि उनीमाथी संगठनले कुनै कारबाही गरेको थिएन ।

नयाँ शक्ति पार्टीका नेता समेत रहेका पूर्व प्रहरी अधिकृतमाथीको यो फैशलापछि संयोजक बाबुराम भट्टराईले अब कस्तो ट्वीट गर्लान यो आम प्रतिक्षा बनेको छ । अनियमितता र भ्रष्टाचारका घटनामा तत्काल प्रतिक्रिया जनाउने भट्टराईले आफूले नेता बनाएकालाई मौनतामा साथ दिन्छन, बचाउ गर्छन वा वास्ता गर्दैनन् ? यो भने समयसँगै खुल्दै जानेछ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्