Techie IT
Mission Khabar

प्रदेश तीनमा थपियो आर्थिक ब्ययभार, स्थानीय जनप्रतिनिधिको तलबमा उच्च बृद्धी


मकवानपुर– प्रदेश ३ सरकारले प्रदेश मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलब ८७ दशमलव ५ प्रतिशतसम्म वृद्धि गरेको छ । प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा तथा तलब ८७ दशमलव ५ प्रतिशतसम्म बढाएको हो ।

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका बेला प्रदेश सरकारको ब्ययभार थप्नेगरी तलब बढाएको छ । योसँगै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरूको सेवा सुविधा एकैपटक भण्डै दोब्बरले बढेको छ । निर्णयअनुसार महानगर कार्यपालिका सदस्यले अब ८ हजार मासिक तलब को ठाउँमा मासिक १५ हजार पाउनेछन् । यसअघि ७ हजार ५ सय रुपैयाँ तलब पाउँदै आएका उपमहानगरका सदस्यहरूले अब मासिक १३ हजार रुपैयाँ तलब पाउनेछन् । नगरपालिका सदस्यहरूले भने अब मासिक ११ हजार रुपैयाँ पाउनेछन् । यसअघि उनीहरूले ७ हजार रुपैयाँ बुझ्दै आएका छन् ।

सबैभन्दा कम तलब भने गाउँ कार्यपालिका सदस्यको बढेको छ । यसअघि ६ हजार रुपैयाँ तलब पाउने गाउँपालिका सदस्यहरूले अब ७ हजार रुपैयाँ पाउनेछन् ।

बढेको तलब प्रतिशतमा
महानगरपालिका सदस्यः ८७ दशमलव ५ प्रतिशत
उपमहानगरपालिका सदस्यः ७३ दशमलव ३३ प्रतिशत
नगरपालिका सदस्यः ५७ दशमलव १४ प्रतिशत
गाउँपालिका सदस्यः १६ दशमलव ६७ प्रतिशत


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्