८ प्रहरी कारबाही गरेर अनुसन्धान अघि बढाउँदै सरकार, निर्मलाका लागी न्याय माग्नेहरुको आन्दोलन जारी

काठमाडौं–कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा लापरबाही गर्ने आठ प्रहरी कारबाहीमा पर्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले अनुसन्धान प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन निर्देशन दिएको हो ।
एआईजी धीरु बस्न्यान नेतृत्वको छानबिन समितिको प्रतिवेदनको आधारमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिइएको प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालले जानकारी दिए । सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदशी भट्टसहित अवकासप्राप्त डीएसपी ज्ञानबहादुर सेठी, डीएसपी अंगुर जिसी, सईहरु रामसिंह धामी, इन्द्रसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्धा चलाइने भएको छ । एसपी विष्ट डीएसपी एठीर जीसी तथा इन्सपेक्टर खड्कालाई भने दिलिपसिंह विष्टलाई यादना दिएर अपराध कबोल गर्न लगाइएको अभियोगमा यातनासम्बन्धी मुद्दामा थप अनुसन्धान र कारबाही अघि बढाइने बताइएको छ ।
यता, पीडितका आफन्त तथा अधिकारकर्मीहरु भने दिनहु निर्मलाई न्याय चाहियो भन्दै आन्दोलन गरिरहेका छन् । सुरुवाती अनुसन्धानबाटै प्रहरीले कमजोरी गरेको भेटिएपछि आन्दोलनरत पक्षले अभियुक्तलाई प्रहरी र सरकारको संरक्षण रहेका कारण सार्वजनिक नगरिएको आरोप लाग्दै आएको छ ।
क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्