वायुसेवा निगमका महाप्रबन्धक कंसाकारमाथीको कालोमोसो प्रकरण, अभियुक्त खोज्दै प्रहरी

काठमाडौं–नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।
तीन जनाको समूहमा गएका व्यक्तिहरुले कालोमोसो दलेको र उनीहरुको खोजि कार्य जारी रहेको महानगरिय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी पूजा सिंहले जानकारी दिएकी छिन् । लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा निगमका महानिर्देशक कंसाकारको नेतृत्वमा चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार गरेको निष्कर्ष सहितको प्रतिवेदन तयार पारेको छ । जुन प्रतिवेदन लेखा समितिमा बिचाराधिन छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्