महिनावारी हुँदा खुल्ला आकाशमुनी बस्नुपर्ने बाध्यता, सामाजिक बिक्रिति हटाउन नसक्ने राज्य हु

म्ला– महिनावारी हुँदा छाउगोठमा बास भन्ने त धेरैले सुनेकै कुरा हो । यो प्रथा अझै हट्न नसक्दा महिनावारीको समयमा खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यतामा युवतीहरु रहेको एउटा तथ्य बाहिरिएको छ ।
हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउँदै आएका छन् । जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्छन् । पुसको चिसोमा पनि यसरी बस्नुको कारण सामाजिक मान्याता नै हो । फेरुवा र छालाको ओछ्यान लगाएर कम्मल पिठ्युमा ओढेर आगो ताप्र्दै रातमा बसेकी पञ्चकला फडेरा उमेरले ४४ वर्ष पुगिन् । उनी किशोरी अवस्थादेखि नै महिनावारी हुँदा यसरी नै बस्दै आएकी छिन् । निद्रा नलाग्दासम्म सँगैका संगिनीहरू गफ गरेर बस्ने र निद्रा आएमा सुत्ने उनीहरु यो महिलाको रहर नभएर बाध्यता भएको बताउँछन् ।
घर र गोठभित्र जानै नहुने सामाजिक मान्यताका आधारमा पुसको चिसो रातमा खुला ठाँउमा आगोका भरमा रात बिताउन बाध्य यी अबोधहरुलाई न्याय दिने कस्ले? स्थानीय सरकार, प्रदेश वा केन्द्र सरकार किन सामाजिक मान्यताका नाममा जारी रहेका छुवाछुत छाउपडी लगायतका प्रथा रोक्न सकिरहेको छैन । हुनत, सरकारी निर्णयमा देशका विभिन्न प्रथाहरु हटाइए । अनि नीतिगत व्यवस्थापनका नाममा कानुन पनि तयार भए । तर अझै पनि व्यवहारमा बहुविबाह, बाल बिवाह, जातीय विभेद, छाउपडी, हलिया, कमैया लगायतका प्रथा हटिसकेका छैनन । कतिपय स्थानमा बाध्यतामा त कतिपय स्थानमा जनचेतना नपुग्दा यस्ता प्रथाले निरन्तरता पाइरहेका छन् ।
एक त राज्यले कानुनको व्यवहारिक कार्यान्वयनको पँहुच देशका कुना कन्दरामा पुर्याउनै सकेको छैन । सामाजिक प्रथाजनित रुढीवादी मान्यताबाट हजारौँ नागरिकले ब्यहोर्दै आएको पीडा देशको पीडा हैन ?
क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्