रवि लामिछाने बारे खास खुलाशा (भिडियो डायरी) सहित

काठमाडौं– काठमाडौंमा पढ्दै गर्दा लभ परेका रवि लामिछानेले त्यो आत्मियतालाई बिवाहमा परिणत गरे । उनको जिन्दगीको एउटा सफलता थियो यो । तर यो सफलतालाई उनले अरु धेरै कुराको लोभमा दिगो बनाउन सकेनन यो एउटा तितो सत्य हो ।
जीवनलाई केही सहज र सुविधाभोगी बनाउन उनी उच्च शिक्षाको भर्याङ चढेर अमेरिका पुगे, यो उनी आफैले गरेको स्विकारोक्ति हो । संघर्ष पनि गरे, सफल पनि भए । यसमा कुनै शंकै भएन, तर सम्पन्नता अमेरिकामा केही गरेर सफल भएको आफ्नो श्रीमान बिरुद्ध एउटी नारीमा गलत भावना यत्तिकै अवश्य पलाएको छैन । होला श्रीमती ईशा जिद्धी थिइन्, उनी प्रशर वा अरु केहीको औषधी खान्थिन्, यी सबल स्वभाविक प्रक्रिया भए । रोग वा समस्याको निदान औषधी मात्रै होइन्, नजिक ठानिएका आफ्नो मानिएकाको व्यवहार र माया यो भन्दा महत्वपूर्ण हुन्छ । उनले आफ्नो सफलताको मात चढेर श्रीमतिमाथीको जिम्मेवारी बहन गर्नुको साचो अमेरिकन संस्कारलाई रोजे, परस्त्री गमनमा रमाए, मैले घर दिए, पैसा दिए, सबै दिएको छु भनेर घरमा श्रीमती राखेर बाहिर खुलेआम रमाउनेहरुलाई हाम्रो समाज अनि यही समाजमा हुर्किएकी एउटी नारीले राम्रो कदापी भन्न सक्दिनन्, समस्या यहीनेर छ ।
होला, रवि लामिछाने जनजनको मनमा बस्न सफल भए होलान्, । उनले गरि रहेको पत्रकारिता कर्मले धेरैलाई न्याय दियो होला तर उनी आफैले स्विकार गरेको एउटा तथ्यले भने उनी आफ्नो जीवनबाट दिक्दार भएर अरुको लागी भएपनि केही गरौँ भनेर यो कर्ममा आएको देखिन्छ । उनको जीवनमा आएको उतारचढावमा उनको कमजोरी र भूमिका ६० प्रतिशत भन्दा बढी छ ।
रवि लामिछाने एउटा सामान्य व्यक्ति मात्र होइन्, उसले समाजप्रति देखाएको सद्भाव, पीडितप्रति लगाएको गुन र देशका लागि गरेको यो गोगदान बचाउन आन्तरिक सुद्धिकरण आवश्यक छ । आफैभित्र हारेको र आफ्नालाई सम्हाल्न नसक्ने व्यक्तिले आबेगमा वा स्वार्थमा यो सब गरिरहेको छ भन्ने आभाष नहोस्, बस ।
श्रीमतीको के-के घिनलाग्दो व्यवहारभन्दा बढी रवि आफ्नै के-के घिनलाग्दो ब्यहोरा मुख्य कारक छ । आगामी जीवन यात्रा टेलिभिजनको पर्दा बाट देखिने अनि केही समूहले दिएको देवत्वकरणको जस्तै होस्, हाम्रो पनि शुभकामना ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्