Techie IT
Mission Khabar

प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी ऐनको अन्तिम गृहकार्यमा सरकार, छिट्टै प्रदेशमा पठाइने


काठमाडौं–सरकारले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी ऐन छिट्टै सातै प्रदेशमा पठाउने गरि तयारी थालेको छ । विधेयकमाथी राष्ट्रिय सभाले छलफल गरेपछि विधेयक प्रतिनिधिसभा हुँदै मन्त्रिपरिषदबाट स्वीकृत गराएर प्रदेशमा पठाउने तयारीमा सरकार जुटेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय लोकसेवा आयोगसँग समन्वय गररेर तयार पारेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारणसम्बन्धी विधेयक अहिले राष्ट्रिय सभामा दर्ता भएर छलफलको क्रममा छ । राष्ट्रियसभाको छलफलपछि विधेयक प्रतिनिधिसभा हुँदै मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि प्रदेशमा पठाउने छ । सांसदले छलफलका क्रममा रहेको विधेयक स्वीकृत गर्नासाथ प्रदेश लोकसेवा आयोग गठनका लागि बाटो खुल्नेछ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्