Techie IT
Mission Khabar

चेम्बर अफ कमर्श ६९ औँ बर्षमा, नीजि व्यवसायको प्रवद्र्धन साथै राजश्व र प्रोत्साहनमा उच्च योगदान


काठमाडौं–व्यवसायीक घरानाहरुको एउटा शसक्त छाता संगठन नेपाल चेम्बर अफ कमर्स विभिन्न कठिनाई उतार चढाव र सफलताको विभिन्न चरण पार गर्दै ६९ औं वर्षमा प्रवेश गरेको छ ।

चेम्बरले सोमबार काठमाडौंको सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा ६८ औं वार्षिक साधारण सभा तथा चेम्बर दिबस मनाउँदैछ । पौष २३ लाई हरेक बर्ष चेम्बस दिवसका रुपमा मनाउदै आइएको छ । केही व्यक्ति तथा व्यवसायीको प्रयासबाट सुरु भएको चेम्बर अभियान अहिले विश्वव्यापी सञ्चाल विस्तार गर्न सफल भएको छ । छिमेकी चीन, भारतसँगै सार्क राष्ट्र, युरोप अमेरिका लगायतका दर्जनौँ राष्ट्रका व्यवसायीक घरानासँग जोडिन सफल चेम्बरले बैदेशिक लगानी भित्त्याउन र देशको अर्थतन्त्रलाई माथी उकास्न टेवा दिदै आएको छ ।

यस्तै, हरेक बर्ष विभिन्न विधाका प्रतिनिधि पात्रहरुलाई सम्मानित गरेर प्रोत्साहन गर्दै आएको चेम्बर अफ कमर्शले उद्योग वाणिज्यसँगै चेम्बर आन्दोलनमा योगदान दिएको भन्दै सुरेन्द्रबीर मालाकार, पूर्व अध्यक्ष महेश कुमार अग्रवाल लाई सम्मानित गर्नेछ । यस्तै, सौन्दर्यता र बौद्धिकताको माध्यमबाट देशको प्रतिष्ठा उचो बनाएको भन्दै मिस नेपाल श्रृङ्खला खतिवडा, ब्युटिसियन मनिता देवकोटा, उद्योगी तथा समाजसेवी विरंगीलाल अग्रवाल, शारीरिक सुसंगठनको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा देशलाई पहिचान दिएकौ महेश्वर महर्जन, पर्यटन व्यवसायी विप्लब पौडेल, सूचना प्रविधिको क्षेत्रमा योगदान दिने विश्वास ढकाल लाई सम्मान गर्ने भएको छ ।

नीजि क्षेत्रको व्यवसायीक हित, सुरक्षा र त्यही व्यवसायका माध्यमबाट राज्यको राजश्वमा पनि ठूलो योगदान दिन सफल चेम्बरको यो प्रोत्साहन सकारात्मक छ । आगामी दिनमा चेम्बर यात्रा अझ गतिशिल बनोस्, हाम्रो पनि शुभकामना ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्