Techie IT
Mission Khabar

हिमाली जिल्लामा हिमपातको निरन्तरता, जनजीवन प्रभावित (फोटो डायरी)


हुम्ला/जुम्ला/डोल्पा/मुगु/सोलु – केहीदिनदेखीको हिमपात जारी रहँदा देशको उच्च हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ ।  शनिबार साँझदेखि उच्च हिमाली जिल्लामा लगातार हिँउ परिरहेको स्थानीयवासीहरुले बताएका छन् ।

हिउँको चिसोबाट बच्न कर्मचारी तथा स्थानीयवासी आगो तापेर बसिरहेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहिको जान छाडेका छन् । विद्यालयहरु प्नि जाडोबढेसँगै ठप्प छन् ।

उत्तरी हुम्लाका चाला, मुचु, यारी, नारा, न्यालु, लिमी, जाङग, हल्जीलगायत गाउँमा अत्यधिक हिमपात भएको छ । अझ हुम्ला लगायतका केही जिल्लाको एकमात्र यातायात सेवा हवाई उडान ठप्प हुँदा आवतजावत नै प्रभावित भएको छ ।

यस्तै, डोल्पा जुम्ला, मुगु, सोलुखुम्बु र रसुवको उच्च भूभाग हिउँका कारण सेताम्य बन्दा जिल्ला र आसपासको जनजीवन चिसोले प्रभावित भएको छ ।

यता, मकवानपुरको दामन, दोलखाको कालिञ्चोक, जीरी लगायतका स्थानपनि हिउँले ढाकिएका छन् । हिउँ पारखीहरुको यी स्थानमा भीडभाड लाग्न थालेको छ ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्