Techie IT
Mission Khabar

देशैभर मौसमी बद्लाब, कहिँ पानी, उच्च पहाडी क्षेत्रमा हिमतापको सम्भावना


काठमाडौं–सोमबारको मौसममा देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार काठमाडौं सहित केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकामा सोमबार विहानको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको रेकर्ड भएपनि चिसोले भने यो भन्दा कम भएको महशुस गराएको छ । मौसमविद्हरु सोमबार दिउँसो पारिलो घाम लाग्ने सम्भावना न्यून रहेकाले दिनभरजसो चिसो बढी महसुस हुने बताउँछन् । आज देशका केही उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ भने उच्च हिमाली जिल्लाको हिमपातले झनै निरन्तरता पाउने महाशाखाले बताएको छ ।

काठमाडौं अधिकतम तापक्रम १५ देखि १७ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ ।यसैका कारण पनि चिसो बढी हुनसक्ने देखिन्छ ।
यस्तो छ मौसमी अवस्थाको पूर्वानुमान……..


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्