Techie IT
Mission Khabar

अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा बर्खास्त, पद जोगाउने प्रयास तुहियो


काठमाडौं–अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्तीमा परेकि छिन् । सोमबारको मन्त्रिपरिषद् बैठकले मानव तस्करी र श्रम शोषणको आरोपमा मुछिएकी शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेपनि चित्त बुझ्दो जवाफ नआएको भन्दै छानबिन समिति बनाएर अनुसन्धान अघि बढाएको थियो । छानबिन समितिले राजदूतमा निरन्तरता दिन नसकिने ठहरसहितको प्रतिवेदन बुझाएपछि शेर्पालाई बर्खास्त गरिएको बताइएको छ । यता, सरकारले हटाउने तयारी गरेसँगैपद जोगाउनका लागि शेर्पाले तीब्र दौडधूप र राजनीतिक उठबसको प्रयास गरेपनि सफल हुन सकिनन् ।

बरु शेर्पामाथि उनकै पूर्वसहयोगी तथा सवारी चालक वाङ्छु शेर्पाले लगाएको श्रम शोषण र मानव तस्करीको आरोपले उनको राजदुत पथ गयो । सोलुखुम्बुका वाङ्छुलाई शेर्पाले नै सहयोगीका रुपमा अस्ट्रेलिया लगेको भएपनि पछि शेर्पाको कर्तुत उनै सहयोगी मार्फत सार्वजनिक भयो । जसले राजदुतलाई विवादित बनायो । वाङ्छुले राजदूतको सहयोगी बन्न आफूले ३३ लाख रुपैयाँ बुझाएको दाबी गर्दै आएका छन् ।

तत्कालिन माओवादी कोटामा शेरबहादुर देउवा नेतृत्वको सरकारले शेर्पालाई अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो । विवादमा तानिएसँगै शेर्पालाई बर्खास्त गर्न सरकारमाथि दवाव बढेपछि छानविन समिति मार्फत सरकारले आरोपमाथी छानविन अघि बढाएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्