Techie IT
Mission Khabar

आयल निगमको कार्यकारी  निर्देशकमा सुरेन्द्र पौडेल,  तत्कालीन निर्देशक खड्का भ्रष्टाचार मुद्धा खेप्दै


काठमाडौँ– नेपाल आयल निगमको कार्यकारी निर्देशकको नेतृत्व सुरेन्द्र पौडेलले पाएका छन् । सरकारले निगमको रिक्त कार्यकारी निर्देशक पदमा पौडेललाई नियुक्त गर्न निर्णय गरेको हो । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार अभियोगमा बर्खास्त भएपछि निमित्त कार्यकारी निर्देशकले निगमको नेतृत्व गर्दै आएका थिए ।

सोमबारको मन्त्रीपरिषद बैठकले पौडेललाई नेतृत्वमा ल्याउने निर्णय लिएसँगै आयल निगमका सुधार हुने अनुमान गरिएको छ । निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेल यसअघि उदयपुर सिमेन्टमा तीन वर्ष महाप्रबन्धक बनेका थिए । उनको समयमा उद्योगको समग्र सुधारसँगै उद्योग लामो समयको घाटापछि एक्कासी नाफामा उक्लिएको थियो । सिमेन्ट उद्योगमा सफलताको जग बसाउनमा उनले सकारात्मक सुरुवात गरे । कुनै समय बन्द हुने अवस्थामा पुगेको सरकारी स्वामित्वको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योग अहिले पूर्ण रुपमा सञ्चालनको तयारीमा छ । अद्योगको नाफा बर्षेनी बढ्दो छ ।

आयलत निगमको घाटा, अनियतितता भएको भन्दै निरन्तर लाग्ने आरोप चिर्न पौडेल कति सफल हुन्छन्, उनको परिक्षा सुरु भएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्