Techie IT
Mission Khabar

गोठमा खेलीरहेका बालबालिकाको आगोले लियो ज्यान, एकै परिवारका दिदिभाई सहित तीनको मृत्यु


बागलुङ–जिल्लाको ताराखोला गाउँपालिका–४, तारागाउँको एक गोठमा आगलागीमा परेर तीन बालबालिकाले ज्यान गुमाएका छन् ।

मंगलबार साँझ गोठमा भएको आगलागीमा परेर स्थानीय दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको हो । यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिका आफैले झुक्किएर आगो लगाउँदा दुःखद् घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

ठूलो मानविय क्षती भएको गोठमा वस्तुभाउ नभएको बेला आगलागी भएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्