Techie IT
Mission Khabar

काठमाडौंसहित पूवी पहाड र तराइमा मौसमी बदलाब, दिउँसोबाट घाम लाग्ने


काठमाडौँ – पश्चिमी वायुको प्रभाव बढ्दैगर्दा काठमाडौँ उपत्यकासहित मध्य पूर्वी क्षेत्रमा मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पूर्वतिर सरेपनि घट्दै गएको छ ।

दिउँसो पूर्व र मध्य क्षत्रका केही पहाडी भूभागमा मौसमी बद्लाब देखिने अनुमान गरिएको छ । पूर्वी पहाडी क्षेत्रका केही स्थानमा भने छिटफुट पानी पर्ने सम्भावना रहेको छ । बिहान घाम लाग्न ढिलाई भएपनि दिउँसोपछि भने मौसम सफा हुने मौसमविद्हरुको अनुमान छ । अधिकांश तराई क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसोबाट घाम लाग्ने बताइएको छ । यता, उच्च पहाडी क्षेत्रमा भने हल्का हिमपातले निरन्तरता पाइरहेको छ ।

काठमाडौँ उपत्यका मंगलबार रातिदेखि नै बादले ढाकेकोमा दिउँसोदेखी खुल्ने अनुमान गरिएको छ । बुधबार बिहानको न्यूनतम तापक्रम ४.५ डिग्री रहेकोमा दिउँसो १९ देखि २१ डिग्रीसम्म पुग्नसक्ने अनुमान मौसम पुर्वानुमान महाशाखाले गरेको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्