Techie IT
Mission Khabar

देशको पहिलो विश्वविद्यालय भित्र मौलाउदो बिक्रिति, कसरी गायब भयो सैयौँ रोपनी जग्गा ?


काठमाडौं–देशकै पहिलो विश्वविद्यालय हो, त्रिभुवन विश्वविद्यालय । निक्कै धेरै जमिन र ठूलो क्षेत्रफलमा फैलिएको यो विश्वविद्यालयसँग २०३३ सालसम्म ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । केही जग्गा एकमुष्ठ उपलब्ध गराएको सरकारले पटक–पटक स्थानीयसँग अधिग्रहण गरेर विश्वविद्यालयको सिमाना र क्षेत्रफल विस्तार गर्न मद्धत गरेको थियो ।

शैक्षिक संस्थालाई सबल र विकसित गर्ने सरकारी प्रयासमा पछिल्लो समय ठेस लाग्दै आएको खुलेको छ । बिडम्बना नै मान्नुपर्छ अहिले विश्वविद्यलयसँग स्थानीयसँग अधिग्रहण गरेकोमध्ये २ हजार ५ सय रोपनीमात्र जग्गा बाँकी भएको छ । सम्पत्ति जोमगाउनु पर्ने निकाय र व्यक्ति नै लुछाचुडीमा लिप्त भएपनि उनीहरुमाथी न अनुसन्धान भएको छ । न कारबाही नै गर्न कसैले चासो देखाएको छ । यसरी जग्गालाई टुक्रे बनाएर गायब पार्नमा वभिन्न समयमा नेतृत्वमा रहेका पदाधिकारीहरुले पनि खुलेर सघाएका छन् ।

त्रिविको करिब १२०० रोपनी विभिन्न संस्थालाई बाँडिएको पाइएको छ भने ९ सय ७८ रोपनी भोगचलन गर्न दिइएको छ र २०० रोपनी जग्गा सार्वजनिक बाटोमा परेको रेकर्ड छ । ३ हजार ७ सय ३२ रोपनीमध्येको यतिधेरै जग्गा कहाँ गयो, यसमा राज्यले छानविन अघि बढाउनुपर्छ । शिक्षण संस्थामाथी गिद्धेनजर लगाएर सम्पत्ती हडप्ने जो सुकै हुन्, कारबाहीको दायरामा आउनुपर्छ । अन्यथा, बौद्धिकताको खोल ओडेर लुट कर्ममा रमाउनेहरुको दबबबा कायमै रहने छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्