Techie IT
Mission Khabar

दादुरा खोप लगाएका १५ मिनेटमै बालकको मृत्यु, असक्षमता कि हेलचेक्राईको हद !


कैलाली–बुधबार दादुरा खोप लगाइएको १५ मिनेटमा कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भयो । खोप लगाएको १५ मिनेटपछि बेहोस भएका बालकलाई टीकापुर अस्पताल ल्यैजादैथर्दा मृत्यु भएको हो ।

शिविरमा खोप लगाउँदासम्म बच्चामा कुनै समस्या नरहेको मृतकाका बुबा वासुदेब चौधरीको दाबी छ । खोप लगाएको केही मिनेटमै स्वस्थ बच्चाको मृत्यु भएको यो घटनाले हाम्रो स्वास्थ्य प्रणालिलाई एक पटक सतहमा ल्याइदिएको छ । प्राविधिक बिषयमा परिक्षण होइन दक्षता आवश्यक हुन्छ । तर हाम्रा थुप्रै अस्पताल तथा मेडिकल कलेजमा सिकारुको परिक्षणका क्रममा आफन्तले ज्यान गुमाएको गुनासो आइरहेको छ ।

पीडित पक्ष भनिरहेका छन्,–खोप लगाएको केही क्षणमै मृत्यु हुनु स्वास्थ्यकर्मीको लापरवाही हो । अनुसन्धान गरी संलग्न स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्दछ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्