Techie IT
Mission Khabar

काठमाडौं र तराईको मौसम सफा रहने, उच्च पहाडी र हिमाली क्षेत्रमा छिटफुट बर्षा र हिमपात


काठमाडौं–बिहिबार पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेपनि देशका अन्य स्थानको मौसम सामान्यतया सफा रहने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रमा दिनभर आंशिक बदलीको सम्भावना रहेपनि पानी पर्ने सम्भावना निकै कम छ । उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना कायमै रहँदा माथिल्लो पहाडका केही ठाउँमा छिटफुट वर्षा हुनसक्ने अनुमान मौसमविद्को छ । तराई क्षेत्रमा बिहान बाक्लो हुस्सु लागे पनि दिउँसोको मौसम सफा रहने बताइएको छ । काठमाडौँ उपत्यकाको मौसम पनि बिहीबार सफा रहने पूर्वानुमान गरिएको छ ।

दिउँसो दुई–तीन बजेपछि आंशिक बदली हुने सम्भावना रहेको काठमाडौंको बिहानको तापक्रम ३.६ डिग्री रहेको र अधिकतम तापक्रम १८ देखि २० डिग्री पुग्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्