थारु समूदायमा माघीको रमझम सुरु कर्णाली प्रदेश र गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं/नवलपरासी–थारु समूदायले धुमधामका साथ बनाउने माघी पर्वको रमझम सुरु भएको छ । माघ १ गते थारुहरुले मनाउने पर्वलाई सहजिकरण र हर्सोल्लास बनाउन भन्दै गण्डकी र कर्णाली प्रदेशले सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
माघ १ गतेको अघिल्लो दिन गाउँभरिका मानिस एकै ठाउँ भेला भई रातभरी आगोको धुनी बालेर ताप्ने अनि भालेबासेसंगै नदि या खोलामा नुहाउने चलन रहेको छ । एक गतेभने मान्यजनलाई ढोग गरी नजिकै रहेको मन्दिर वा तुलसामा जल (पानी) चढाउने गरिन्छ । माघीको अवसरमा थारु बाहुल्यता रहेका चितवन, बर्दिया, नवलपरासी, दाङ, लगायतका विभिन्न ठाउँमा मेला लाग्ने गर्दछ ।
सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित गराउने र भेदभाव नगर्ने दाबी गरेको प्रदेश सरकारले संस्कृति संरक्षण र विकासमा के कस्तो दिन्छ, अहिलेसम्म प्रतिक्षामै छ ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्