Techie IT
Mission Khabar

मितव्ययी सरकारका खर्चालु मन्त्री, १० महिने जिल्ला भ्रमणमै सकियो साँढे २ करोड


काठमाडौं– मितव्ययी र भ्रष्टाचार नगरि सुशासन कायम गर्ने प्रधानमन्त्री केपी ओलीले प्रतिबद्धता थियो । उनले पटक–पटक मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीहरुलाई झक्झक्याइ पनि रहेका छन् । तर, १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमण गरेको खर्चले राज्यको ढुकुटीमा ठूलो असर परेको पाइएको छ ।

सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषदलाई पनि उछिनेका छन् । ०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म मन्त्रिको जिल्ला भ्रमण खर्च मात्रै साढे २ करोड पुगेको छ । देउवा सरकारका ६४ मन्त्रीले१ वर्षे अवधिमा २ करोड ८८ लाख खर्चिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्ड अनुसार यो दैनिक भत्ता र हवाई टिकट मात्रैको खर्च हो । जिल्ला भ्रमण र अनुगमनमा जाँदा सम्बन्धित मन्त्रालय र मातहत कार्यालयबाट लिइएको रकम र इन्धनको हिसाब गर्ने हो भने यसमा लाखौँको थप खर्च देखिन्छ ।

प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूलाई तलब, भत्ता र इन्धन उपलब्ध गराए पनि अधिकांश मन्त्रीले दोहोरो सुविधा लिनेक्रम रोकिएको छैन । हुनत, प्रधानमन्त्रीले खर्च कटौती गरेर मितव्ययी बन्न आग्रह गरिरहेका छन्, यता, मन्त्रीहरूको पारा पुरानैछ । प्रधानमन्त्रीको शून्य सहनशीलता र सरकारलाई मितव्ययी बनाउने योजनालाई उनकै मन्त्रिले व्यवास्ता गरेको बारे किन बेखबर ? खर्च घटाउने प्रधानमन्त्रीको निर्देशनअनुसार कर्मचारीले पाउँदै आएका विभिन्न शीर्षकका भत्ता भने कटौती गरिएका छन् ।

मन्त्रीको मनलाग्दी रोक्ने कोही देखिको छैन । भाषणमा मितब्ययी भनेर मात्रै प्रबृति सुधार्न नसकिने रहेछनी प्रधानमन्त्री ज्यू । अब आफ्नै मन्त्रीबाट शुद्धिकरणको अभियान थाल्ने कि ?


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्