विद्यार्थीमा ठेउलाको प्रकोप, संक्रमण रोक्न विद्यालय बन्द
सिन्धुपाल्चोक–जिल्लाको चौतारा साँगाचोक नगरपालिका–१४ स्थित डडुवा भवानी शङ्कर माविका छात्रछात्रा ठेउला रोगबाट ग्रसित भएपछि विद्यालय नै बन्द गर्नुपरेको छ ।
गत मङ्गलबार चार विद्यार्थीमा देखा परेको ठेउलाको संक्रमणले दुई दर्जन बढी छात्रछात्रा बिरामी परेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो । चिकित्सकको सल्लाहअनुसार थप सङ्क्रमणको जोखिम रोक्न माघ २ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक बद्री नेपालले बताए ।
शुरुमा सामान्य ज्वर आउने, शरीरमा बिबिरा देखा पर्ने लक्षण देखिएपनि पछि धेरैमा सरेपछि व्यवस्थापन समिति, जनप्रतिनिधि र अभिभावकको भेलाबाट शुक्रबारदेखि विद्यालय बन्द गरिएको थियो ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्