Techie IT
Mission Khabar

शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने, राजश्व दाखिलाका लागि खुल्ला गर्न राष्ट्र बैंकको निर्देशन


काठमाडौँ– नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार र बिदाको दिनसमेत सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । बैंकले शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो ।

अर्थ मन्त्रालयलको आग्रहअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको बताइएको छ । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहेकाले सेवाग्राहीको सुविधा र सहजताका लागि सबै बैंक खुल्ला गर्न लागिएको हो । यस्तै, राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशनमा भनिएको छ ।

बैंकले क, ख र ग वर्गका बेंक तथा वित्तीय संस्थालाई शनिवार तथा विदामा राजश्य संकलनाका लागि खुलला राख्न भनेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्