Techie IT
Mission Khabar

जग्गाको कित्ताकाट खुकुलो बन्दै, दलालीलाई फाइदा कि नागरिकलाई ?


काठमाडौं–सरकारले जग्गाको कित्ताकाटलाई खुकुलो बनाउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नागरिकका व्यावहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको जानकारी हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले २०७४ साउनदेखि जग्गाको कित्ताकाट रोकेको भएपनि अंशबण्डा लगायतका व्यावहारिक समस्या समाधानका लागि कित्ताकाटलाई सहज गर्न नापी विभाग लगायतका सरोकारवालालाई निर्देशन दिइएको बताइन् ।

खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्नमाथी लागेको रोक भने यथावत रहने मन्त्री अर्यालको दाबी छ । स्थानीय तहको सिफारिसमा मात्र जग्गाको कित्ताकाट हुने भएकाले कारोबारी र दलालीले जथाभावी गर्न नपाउने विश्वास गरिएको छ ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्