Techie IT
Mission Khabar

आ.वा. भट्टराई सेवा समाजले बनभोज कार्यक्रम, नयाँ शक्तिको जमघट कि भट्राईहरुबीच भेटघाटको अवशर


काठमाडौं–आ.वा. भट्टराई सेवा समाजले बनभोज कार्यक्रम आयोजना गरेको छ । आ.वा.भट्टराई सेवा समाजले चोभारमा बनभोज कार्यक्रम सप्पन्न गरेको हो ।

बनभोज कार्यक्रममा पूर्व मन्त्री एवं नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यामी भट्टराई नेकपा स्थाई कमिटी सदस्य एवं सभासद योगेश भट्टराई, बाबुराम भट्टराई कि छोरी मानुशी भट्टराई, पुर्व सचिवसँगै विभिन्न क्षेत्रका उच्च पदस्थहरुको सहभागीता रहेको थियो ।

समाजका सदस्य रामप्रसाद भट्टराईले यो बनभोज कार्यक्रम भट्टराई बन्धुहरुको जमघट र भेला गराउने माध्यम बनेको बताए । बनभोज कार्यक्रममा विभिन्न सांस्कृती कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरिएको थियो ।

भट्टराई समाजको बनभोज जातिय उपस्थिति तथा जमघटका लागि आयोजना गरिएपनि नयाँ शक्तिका नेता कार्यकर्ताको जमघट जस्तो देखिएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्