Techie IT
Mission Khabar

निजी जीपको सार्वजनिक यात्रा, छैन बिमा दोब्बर बढी भाडा (फोटो डायरी)


सुरज बस्नेत । दोलखा– ५ सिटे जीपमा २० जनाभन्दा बढी यात्रु, अनि २५ किलोमिटर आसपासको भाडा ५ सयभन्दा बढी, ५ सिटे डवल क्याप भएको जीप त्यो पनि रातो नम्बर प्लेटका जसले दिनहुँ सार्वजनिक यातायातले जस्तै गरी नम्बर लगाएर कोचाकोच यात्रु बोकिरहेका छन् ।

दोलखाको चरिकोट बजारमा यस्ता दृश्य सामान्य जस्तै बन्ने गरेका छन् । हुनत, रातो नम्बर प्लेटका जीपहरु नितान्त नीजि कामका लागि प्रयोग गर्ने भनेर दर्ता गरिएका हुन्छन् तर दोलखामा यस्ता नीजि जिपले सार्वजनिक यातायातले जस्तै गरि चोकमा बसेर आलोपालो गर्दै यात्रुलाई गन्तब्यमा पुर्याइरहेका छन्, त्यो पनि चर्को भाडा असुलेर ।

जिल्ला सदरमुकाम चरिकोटबाट पोवटी, ग्याङ, शुक्थोकेर, सैलुङ, फस्कु, हावा, चयामा, मिरगे, सिंगटी, बाबर, लापिङ्लाङ, कालिञ्चोक लगायतका स्थानमा नीजि नम्बर प्लेटका जिपले यात्रु बोकिरहेका छन् ।

अझ चरिकोटबाट पोवटी पुग्दा ४ हजारसम्म शुक्क्थोकेर, सैलुङज्ञ तर्फ १ हजारसम्म तिर्न बाध्य छन्, यात्रुहरु । फस्कु, हावा चयामा, मिरगे, सिंगटी, बाबरे को यात्राका लागि ६ हजार तिर्नुपर्ने बाध्यतामा यात्रुहरु छन् । यो भाडा एउटा यात्रुको नभएर गाडी रिजर्भगर्दा लिइने पैसा हो । जुन सार्वजनिक सवारीको यात्राभन्दा दोब्बर हुन आउँछ ।

व्यक्तिगत भाडा पनि प्रत्येक यात्रुले गन्तब्य स्थान अनुसार न्यूनतम २ सय देखी अधिकतम ६ सय सम्म तिर्दै आएका छन् । अधिकांश बाटो कच्ची, उकालो र जोखिमयुक्त, तर छत र पछाडिको ढालाभरी कोचाएर यात्रु । यसलाई सबैले वेवास्ता गरिरहेका छन् । यात्रुहरु जोखिम मोलेर बाध्यताको यात्रा गर्नु परेको बताउँछन् । उनीहरु भन्छन्– ट्राफिक प्रहरीले यस्तो यातायातलाई खुलेआम छुट दिएको छ । भाडा पनि मनलाग्दी छ । सार्वजनिक यातायातमा एक सय पर्ने ठाउँमा बुलेरोको जोखिमपुर्ण यात्रा गर्दा डबल मुल्य तिर्नुपर्ने बाध्यता छ ।व्यतिथि रोक्न स्थानीय सरकारले पनि चासो दिएका छैनन ।

जिल्लामा प्रहरी प्रशासन पनि छ, तर कानुन र क्षेत्राधिकार विपरितको यो यात्रालाई कसैले रोक्न चासो दिएका छैनन । यसरी यात्रा गर्नेहरुको बिमा समेत हुँदैन । साँघुरो, खाल्डाखुल्डी र उकालो सडकमा हरेक दिन यात्रुहरु ज्यान जोखिममा राखेर जीपको यात्रा गर्न बाध्य छन् । यसलाई नियमन गरेर कारबाहीको दायरामा ल्याउने आखिर कस्ले अनि कहिले ?


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्