Techie IT
Mission Khabar

काठमाडौं स्वाईन फ्लुको जोखिममा, केहीको मृत्यु, केही बिरामी उपचाररत


काठमाडौ –स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसका कारण केहीको मृत्यु भएपछि काठमाडौं उपत्यकामा जोखिम बढेको छ । राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु विभिन्न अस्पतालमा भर्ना भएका कारण जोखिम बढेको हो ।

बिषेश गरी जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको ज्यान गएको बताइएको छ । अस्पतालका अनुसार केही उपचारपछि घर फर्किएका र केहीको अहिले पनि उपचार भैरहेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी कुर्न बसेका कुरुवामा समेत भाइरस संक्रमण देखिएपछि टाइनी फ्लु भ्याक्सिन लगाउन थालिएको छ । रोगले महामारीको रुप नलिएपनि यो भाइरसका कारण केहीको मृत्यु भएपछि सम्भावित जोखिम कम गर्न अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।

तीन साता देखि राजधानीमा देखापरेको स्वाइन फ्लु जटिल खालको भएकाले चिकित्सकहरु स्वयम पनि चिन्तित छन् । थप जोखिम कम गर्नेगरी रोकथामको उपाय अपनाइए पनि संकास्पद लक्षण देखिनासाथ उपचार गर्न चिकित्सकको सुझाब छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्