Techie IT
Mission Khabar

उद्योगीले आफूखुसी बढाए चिनीको मूल्य, सरकारले कसरी देला उपभोक्तालाई राहत ?


काठमाडौं– सरकारले निर्धारण गरेको उखुको मूल्यमा चित्त नबुझेको भन्दै चिनी उद्योगीहरुले स्टक रहेको चिनीको मूल्य बढाएका छन् । गत वर्ष देखिको स्टक चिनीमा मूल्य बढाएर प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पुर्याइएको हो ।

चिनी उद्योग संघले मूल्य बढाउन सरकारले सहयोग नगरे उद्योग बन्द गर्ने उखु किसानको बख्यौता नतिर्ने चेतावनी दिदै आएका थिए । संघका अध्यक्ष शिशिकान्त अग्रवाल सरकारले निर्धारण गरेको उखुको मूल्य महंगो भएको र बैंकहरुले समेत व्याजदर बढाएका कारण चिनीको मूल्य बढाउनुपरेको बताउँछन् । अझै उद्योगीलाई ७ देखि ८ रुपैयाँ प्रतिकेजी घाटा रहेको उनको दाबी छ । यसअघि चिनी कारखानामा चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम थियो । चिनी उद्योगीले उखुको मूल्य, उखु व्यवस्थापनको मूल्य, प्रतिकेजी चिनी उत्पादन गर्दा लाग्ने लागत, चिनी प्रशोधन खर्च लगायतलाई मूल्य समायोजन गर्नुपर्ने कारण देखाएका छन् ।साँढे ७ प्रतिशत चिनी कारखानाको मुनाफा र १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडेर चिनी उद्योगमा चिनीको मूल्य प्रतिकेजी ७८ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

उद्योगीले चिनीको मूल्य बढाएपछि उपभोक्ता अधिकारकर्मी रुष्ट बनेका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सना संसदीय समिति, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयसँगै सरकारी संयन्त्रलाई प्रभावमा पारेर व्यवसायी चिनीको मूल्य बढाउन सफल भएको बताउँछन् । उद्योगमै प्रतकिेजी ७८ रुपैयाँ निर्धारण गरिएको चिनीको मूल्य उपभोक्ता सम्म पुग्दा अझै महंगो हुन्छ । यसबारे सरकार बेखबर छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्