Techie IT
Mission Khabar

मघे संक्रान्तिको बहुआयाम, कतै घोगी, कतै तरुल, घिउ, चाकु र कतै गोरु जुधाइको रौनक(फोटो डायरी)


काठमाडौं\नुवाकोट\सुनसरी–माघे संक्रान्ति थारु समूदायको नयाँ बर्ष, मगर समूदायको माघी मात्रै होइन्, आम नेपालीको साझा पर्व हो । मकर संक्रान्ति समेत भनेर चिनिने यो पर्वको अवसरमा पूर्वको बराह क्षेत्र, सुनसरी खोला, बुढीगंगा खोला, कन्काइमाइ लगायतका क्षेत्रमा पूजापाठका लागि श्रद्धालु भक्तजनहरुको भीड लाग्दैआएको छ ।

पाल्पाको रुरुधाम, तराईका विभिन्न धाममा पनि श्रद्धालुहरुको भीडभाड लाग्छ । मोक्ष प्राप्त, रोगब्याधीबाट जोगिने धार्मिक आस्थाले संक्रान्तिका अवसरमा नदीमा स्नानका लागि घुइँचो लाग्ने गरेको पाइन्छ ।

यतिमै सकिदैन यो पर्वको महत्व । थारु समूदायले आफ्नो बसोबास रहेको ताराईका विभिन्न स्थानका साथै काठमडौंमा पनि माघी मनाए । घोगी सहितको विभिन्न परिकार बनाउने र खाने यो परम्परा मार्फ भेषभुषा, रहनसहन, र मौलिक सांस्कृतिको संरक्षण र प्रचार प्रसार समेत हुँदै आएको छ ।

यता, मगर समूदायले पनि माघे संक्रान्तिलाई प्राकृतिक पूजासँगै आफ्नो ठूलो पर्वका रुपमा मनाएका छन् । उनीहरु पनि आफ्नो भेषभुषा र संस्कृति जोगाउने अबशर ठान्छन्, मकर संक्रान्तिलाई ।

नुवाकोट र धादिङमा भने यो संस्कृतिसँगै अर्को फरक पर्वले निरन्तरता पाइरहेको छ । नुवाकोटको तारुका लगायतका विभिन्न स्थानमा माघीको मौषममा गोरु जुधाइको प्रतिस्पर्धा चल्यो । जहाँ बुल फाईट हेरेर मनोरञ्जन लिन हजारौँ स्वदेशी तथा विदेशीहरु पुगे ।

यसरी माघे संक्रान्तिले विभिन्न जाती समूदायसँगै देशलाई नै एउटा पर्वको सुत्रमा बाध्ने गरेको छ । माघी जाती विशेषको पर्व त हो नै समग्रमा भन्नुपर्दा सिंगो देशकै साझा पर्व हो ।

 


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्