Techie IT
Mission Khabar

देश र चिकित्सा क्षेत्र हाक्ने हस्ती जन्माउने अमरज्योती जनता मावि, पूर्व विद्यार्थी संगठनले पायो नयाँ नेतृत्व


गोरखा–अमर ज्योति जनता माध्यमिक विद्यालय लुइँटेल गोर्खाको पूर्व विद्यार्थीहरुको साझा संगठन (SAJA)ले डा. नन्द बिक्रम अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पाएको छ । संगठनको पाँचौ साधारण सभाले तिन बर्षका लागी नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा देबेश देवकोटा चयन भएका छन भने दुई उपाध्यक्षमा कृष्ण देवकोटा र उर्मिला श्रेष्ठ छन् । निर्वाचन मार्फत महासचिवको जिम्मेवारी राजेन्द्र बानियाँ र सचिबको जिम्मेवारी प्रमिला देवकोटाले पाएका छन् । सदस्यमा इन्जिनियर टोपबहादुर बानियाँ, बिनोद देवकोटा, सुक तामाङ, इश्वोरी देवकोटा, हरि अधिकारी लगायत छन् ।

विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा भट्टराईसंगै पूर्व प्राचार्य गुणप्रसाद नेउपानेलाई सम्मान गरिएको थियो । पूर्व विद्यार्थी डा. उपेन्द्र देवकोटालाई पनि मरणोपरान्त सम्मान गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्