Techie IT
Mission Khabar

हुण्डी कारोबारमा सहकारी र मनी एक्सचेन्जकै संलग्नता, अबैध जालो तोड्न सफल होला त प्रहरी ?


काठमाडौं– गएको दुई सातादेखी प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ । कारोबारी पक्राउपछि थालेको प्रहरी अनुसन्धानबाट हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको खुलेको छ ।

अझ, संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न भएको तथ्यहरु प्रहरीले प्राप्त गरेको छ । एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेर  १० जनाभन्दा बढीले पक्राउ गरेपनि यस्ताृ गैह्रकानुनी कारोबारको जालो तोड्न सकेको छैन । अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखाले पछिल्लो समय सक्रियता देखाएका छन् ।

प्रदेश र जिल्ला प्रहरी समेत कारोबार रोक्न लागिपरेको अवस्थामा के कस्ता व्यक्ति पक्राउ पर्लान अनि क–कस्को संलग्नता खुल्ला ? यो प्रतिक्षा  बाँकी नै छ । प्रहरी फेरी पनि यति पैसा बरामत्, यति संलग्न पक्राउ भनेर मात्रै पन्छियो भने देश व्यापी बन्दै गरेको हुण्डी कारोबार अर्थतन्त्रका लागि घातक बन्ने निश्चित छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्