पर्वतमा बस दुर्घटना : ७ जनाको गयो ज्यान, ३१ जनाको उपचार हुँदै
पर्वत— पर्वतमा बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । तीन जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । यस्तै दुर्घटनामा परेर घाइते भएको अन्य ३१ ज्नाको उपचार भइरहेको छ ।
म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नं को बस बिहीबार बिहान पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङले ७ जनाको मृत्यु भएको पुष्टि गरेपनि सनाखत हुन सकेको छैन । गम्भीर घाइते पाँच जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएकोमा दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालको प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीको अनुमान छ । के कारणले दुर्घटना भयो अहिलेसम्म एकिन हुँन सकेको छैन ।
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्