Techie IT
Mission Khabar

अनशनबाज डा. केसी टिचिङको आईसीयूमा, कसरी बुझाउने चित्त ?


खबर टिप्पणी । काठमाडौँ– इलाममा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि शुक्रबार बिहान ३ बजे नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएका केसीको अहिले टिचिङको आईसीयूमा उपचार भैरहेको उनका सहयोगी अभिशेकराज सिंहले जानकारी दिए ।

बल्लतल्ल चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडौं ल्याइएका केसी अझै अनशन तोड्ने पक्षमा छैनन । होला डा. केसीले उठाएका सबै माग जायज होलान, राष्ट्रलाई हित पनि गर्लान तर अक्षरस पालनाको हठलाई भने पछिल्लो समय अधिकांशले अस्वभाविक मान्न थालेका छन् । प्रमुख प्रतिपक्षी दलले बिजनेस नपाएको अवस्थामा केसीको मुद्धालाई उचालेर नागरिक स्तरमा के– के न गरेजस्तो देखाउन सजिलो भएको छ । तर प्रधानमन्त्री, मन्त्री तथा सरोकारवाला पक्षले नै आफ्नो योजनामा सम्झौता गर्नुपर्ने, परिमार्जनमा चित्त बुझाउनुपर्ने धरातलिय यथार्थतामा गोविन्द केसी एक्लै सर्बेसर्वा होइन् र हुनपनि हुन्न ।

संरचना बनिसकेका र बनाउन राज्यले छुट दिएकालाई मेडिकल कलेजको सम्बन्धन दिनुलाई अड्को थाप्नु कति जायज होला ? यो पनि समिक्षाको बिषय बनेको छ । केसीको मुद्धालाई एउटा सरोकारवाला पक्षका रुपमा लिएर विधेयकले सम्बोधन गर्ने प्रयास गरेको छ । यो सकारात्मक पक्ष हो । मैले जे बोले त्यो कानुन हो, हुँ बहु हुन पर्छ भन्ने तर्कमा साथ दिने फगत भीडले पनि यो कुरा मनन गर्नुपर्छ केसी नै अन्तिम सत्य होइनन् । जारी चिकित्स शिक्षा विधेयकमा न सरकारले हारेको छ, न प्रतिपक्षीले नै अनशनरत डा. केहीले त आफ्नो हैसियत अनुसार सत प्रतिशत जीत निकालेका छन् ।

बारम्बार अनशनको अस्त्र किन र के का लागी ? बेरोजगारीलाई भुलाउन, वा रोजगारलाई अलमल्याउन, कि भबिश्यमा राजनीतिक दाउपेच पुरा गर्ने योजना यसमाथी पनि सज्जन जनले बिचार गर्ने कि ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्