दोलखामा जन्ती बोकेको बस दुर्घटना, ३५ जना घाइते केहीको अवस्था गम्भीर

सुरज बस्नेत । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुबाट जन्ती लिएर सिन्धुलीतर्फ जाँने तयारीमा रहेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका हुन् । बोलेरोमा रहेका कारण बेहुला र केही आफन्त भने सकुशल रहेका छन् ।
दुर्घटनामा परि तामाकोशी गाउँपालिका ४ मालुका कुमुदराज योगी, कुबेर पोखरेल सहित ३५ जना घाइते भएको प्रहरीले जनाकारी दिएको छ । ओरालोमा रोकिराखेको बा २ ख ३७६० नम्बरको बसमा जन्ती चढेर स्टाट गर्नासाथ दुर्घटना भएको थियो । दुर्घटनाका कारण भने खुलेको छैन ।
गम्भीर घाइतेहरुलाई सदरमुकाम चरिकोट र काठमाडौं पठाइएको र सामान्य घाइतेहरुको मालु स्वास्थ्य चौकी र किर्नेटारस्थित अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्