Techie IT
Mission Khabar

३८ क्विन्टल सुन तस्करी प्रकरण : मुख्य न्यायाधीशसँगै पाँच न्यायाधीश माथी नै छानविन


काठमाडौं–साढे ३३ किलोसँगै जोडिएको ३८ क्विन्टल सुन तस्करी तथा व्यक्ति हत्या काण्डको फैशलाको बिषय अहिले नयाँ रुपमा उठान भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीशसँगै विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश समेतको फैशला अहिले छानबिनको दायरमा आएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निर्देशनमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलमाथि अहिले गोप्य रुपमा छानबिन अघि बढेको छ । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र सनमको हत्या प्रकरणमा गलत नियतका साथ न्याय सम्पादन गरेको भन्दै प्रधानन्यायाधीश राणाको निर्देशनमा ५ जना न्यायाधीशसँगै मुख्य न्यायाधीश माथि समेत छानबिन शुरु गरिएको छ । तल्लो स्तरका न्यायाधीशमाथि अनुसन्धान हुँदा मुख्य न्यायाधीशको भूमिकामा प्रश्न उठ्नु स्वभाविक हो । यो काण्डमा जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेपछि यो फैशलाले चौतर्फी चर्चा र बहश पाएको थियो ।

न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहले गलत नियत राखी सुन काण्डका अभियुक्तलाई धरौटी र साधारण तारेखमा रिहा गर्ने आदेश दिएको भन्दै न्याय परिषदमा उजुरी परेपछि काजमा तानिएका छन भने मुख्य न्यायाधीश भुर्तेलमाथी गोप्य अनुसन्धान सुरु भएको छ ।

सुनकाण्डका सम्बन्धमा उच्च अदालत बिराटनगरबाट जारी भएका आदेश र उक्त प्रकरणको मिसिल झिकाएर अनुसन्धान गर्ने तयारी न्याय परिषदले गरेको छ । फैशलामा कैफियत देखिए मुख्य न्यायधीश सहित अन्य न्यायाधीशमाथी कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।’


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्