Techie IT
Mission Khabar

हिमपात र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण प्रभावित, देशभर चिसोको मार


काठमाडौं–पश्चिमी वायुको प्रभाव स्वरुप मौसममा आएको बदलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पनि प्रभावित भएको छ । बाक्लो कुहिरो लागेका कारण भिजिबिलिटी नभएको भन्दै उडान र अवतरण प्रभावित भएको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार भिजिबिलिटी कम भएकै कारण बिहीबार बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ । बिहान ३०० मिटरमा झरेको भिजिबिलिटी अहिले बढ्ने क्रममा छ । यो खबर तयार पार्दासम्म ७ सय ५० को हाराहारीमा पुगेको भिजिबिलिटी १५ सय पुगेमा उडान तथा अवतरणले नियमितता पाउनेछ । सामान्यतया उडान तथा अवतरणका लागि १५०० मिटर वा सो भन्दा माथि भिजिबिलिटी हुनुपर्ने विमानस्थल बताउँछ । तत्काल भिजिबिलिटी बढ्ने सम्भावना नभएकाले केही घण्टाको उडान तथा अवतरण प्रभावित हुनसक्ने मौसमविद्को अनुमान छ ।

बिहानैदेखि उडान तथा अवतरण प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् । मौसमी समस्या समाधानका लागि व्यक्ति र विमानस्थल प्रशासनले पनि केही गर्नसक्ने अवस्था रहन्न । यसका लागि भिजिविलिटी बढ्ने समयको प्रतिक्षा गर्नुको विकल्प छैन । अझ, केही दिनदेखि हिमपात र हुस्सु जारी रहेका लुक्ला, फाप्लु, लामिडाँडासहितका पहाडी क्षेत्रको उडान र उच्च हिमाली जिल्ला, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला लगायतका जिल्लाको सबै उडान प्रभावित हुँदैआएको छ ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्