टेकुस्थित महानगरीय प्रहरी परिसर र अपराध महाशाखा हटाउन पत्राचार,प्रहरीले खोज्ला त विकल्प ?
काठमाडौं– टेकुस्थित नेसनल ट्रेकिङको भवनमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको कार्यालय हटाउन माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा पत्र पुगेको छ ।
पटक–पटकको आग्रहलाई वेवास्ता गरिएपछि नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर दुबै कार्यालय खाली गर्न भनेको हो । यसअघि निगमले काठमाडौं परिसर र महाशाखालाई नै पत्र लेखी कार्यालय हटाउन आग्रह गर्दै आएको थियो । पछिल्लो पटक मन्त्रालयलाई लेखेको पत्र बोधार्थस्वरूप परिसर र महाशाखामा समेत पुगेको छ ।
नेसनल ट्रेडिङको उक्त जग्गासहितको संरचना ६ वर्षअघि नेपाल आयल निगमले साँढे तीन अर्ब रुपैयाँमा खरिद गरेपनि भूकम्पपछी महानगरिय प्रहरी परिसर र अपराध महाशाखाले उपयोग गर्दै आएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्