काठमाडौं उपत्यकामा मौसमी फ्लुका बिरामी बढ्दै, न्यायो लवाई र तातो खुवाईमा ध्यान दिन चिकित्सकको सुझाब

काठमाडौँ–मोसममा आएको बद्लाब र परिवर्तनसँगै इन्फ्लुएन्जाका बिरामी बढेका छन् । पछिल्लो समय चिसो बढेसँगै अस्पतालहरूमा मौसमी फ्लुका बिरामीहरु बढेका हुन् ।
उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का, नर्भिक लगायतका अस्पतालमा मौसमी फ्लुका बिरामीहरूको सङ्ख्या पछिल्लो समय दैनिक बढीरहेको अस्पतालले जानकारी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १५० जनाभन्दा बढी व्यक्तिमा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) एएचवनएनवनको समस्या देखिएको छ । महाशाखाका अनुसार ३३४ जना बिरामीको घाँटीको र्यालको नमूना परीक्षण गर्दा १६८ जनामा इन्फ्लुएन्जाको संक्रमण पाइएको छ ।
विभिन्न अस्पतालमा सिजनल फ्लु को समस्या लिएर आउने विरामी बढ्दा एक जना चिकित्सकले धेरैलाई सेवा दिनु परिरहेको छ । चिकित्सकहरु चिसो मौसममा आफ्नो हेरचाह तथा खानपानमा विशेष ध्यान दिन भनिरहेका छन् । न्यायो कपडा लगाउने, झोलिलो पदार्थ तथा तातो खानेकुरा खाएर शरिरको तापक्रमलाई तालमेल मिलाएमा पनि जोखिम कम गर्न सकिने चिकित्सकको सुझाब छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्