Techie IT
Mission Khabar

सोमबारबाट मौसममा आंशिक सुधार देखिने, हिमाली र उच्च पहाडी भेगमा हिमपातले कष्ट


काठमाडौँ – केही दिनदेखि लगातार वर्षा र हिमपात भइरहे पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारबाट भने मौसममा सामान्य सुधार देखिने बताएको छ । मौसमविद सुवास रिमालका अनुसार देशका पहाडी भेगमा आशिंक बदली भएपनि अन्य क्षेत्रमा सोमबारको मौसम सफा रहने छ ।

हिमाली र पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षाको सम्भावना देखिएपनि अरु ठाउँमा सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ । देशका पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना भएअनुसार नै केही स्थानमा अहिलेपनि हल्का बर्षा भैरहेको छ । यता, उच्च पहाडी क्षेत्रका केही स्थानमा सामान्य हिमपातको सम्भावना रहेको मौसमविद्हरु बताउँछन् ।

काठमाडौँ उपत्यकामा चिसोको महशुस भैरहदा बिहान ६ बजेको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस मापन गरिएकोमा दिउँसोको अधिकतम तापक्रम १८ देखि २० को बीचमा रहने अनुमान गरिएको छ । काठमाडौं आसपासका थुप्रै स्थानमा हिउँ परेका कारण पनि केही चिसो महशुस गर्नुपरेको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्