२८ वर्षिया युवतीको गर्भपतन गराएको अभियोगमा तीन महिने कैदको फैशला, ६ आरोपी जेल चलान
सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने ६ जना आरोपि जेल चलान भएका छन् । सप्तरी जिल्ला अदालतले कैद सजायको फैसला गरेपछि अभियुक्त जेल चलान भएका हुन् ।
जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले कुटपिट गरी चार महीनाको गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजका छोरा लुकमान मियाँ, छोरी महिरून खातुन, मो जालम मियाँ, जमिला खातुन र भुवन साह जनही तीन महीनाको कैद सजायमा परेका छन् । घर छेउमा कथित बोक्सीलाई घर बनाएर बस्न नदिने भन्दै कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले कारवाही अघि बढाएको थियो ।
आरोपितमध्ये रफिदन २०७३ साल माघ १९ गते पक्राउ परेकी थिइन् भने पक्राउ नपरेका अन्य आरोपितविरुद्ध जिल्ला अदालतले म्यादी पुर्जी जारी गरेपछि हाजिर भएका थिए । तत्कालीन जिल्ला न्यायाधीश रोशन गजुरेलको आदेशमा आरोपित धरौटीमा रिहा भएपछि यो घटनाले नयाँ मोड लिएको थियो ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्